उर्लावारी,५ जेठ । छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा मोरङको रतुवामाई नगरपालिका– ६ त्रिवेणी चोकमा बाबुको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका ४५ बर्षिय भवानी मेहता रहेका छन् । आइतवार साँझ ६.४० बजे तिर आमवारी –उर्लावारी सडकखण्डमा आमवारीबाट उर्लावारीतर्फ जाँदै गरेको प्र १–०२–०४५ प ९०६० नं. को मोटरसाइकल कुकुरलाई जोगाउने क्रममा अनियन्त्रित भई दुर्घटना हुदाँ मोटरसाइकलमा पछाडी सवार उनी गंभीर घाइते भएका थिए ।
टाउको र शरीरको विभिन्न भागमा चोट लागेर उपचारका लागि रंगेली अस्पताल पठाइएकोमा उपचारका क्रममा उनको साँझ ७ : १० बजे मृत्युभएको थियो ।प्रहरीले मोटरसाइकल चालक मृतकका छोरा २३ वर्षीय रमेश मेहतालाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ ।