लाइफलाइनमा भेन्टिलेटरसहितको ३० वेडको कोभिड वार्ड


दमक,२६ बैशाख । यहाँस्थित लाईफलाइन अस्पतालले आईसीयू तथाभेन्टिलेटरसहितको ३० बेड क्षमताको अस्थायी कोभिड वार्ड सञ्चालन शुरु गरेको छ ।
अस्पतालले सञ्चालनमा ल्याएको कोभिड वार्डको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले उद्घाटन गरे । कोभिड वार्डका लागि अस्पतालले हाल आकस्मिक कक्षसहित एचडियु सेवा प्रदान गर्ने गरेको अस्पतालको ४ तले ब्लक कोभिड वार्डको रुपमा सञ्चालनमा ल्याएको अस्पतालका निर्देशक डा.सुर्यनारायण शाहले वताए । विपतका समयमा कोभिडका विरामीलाई लक्षित गरि सेवा शुरु गरिएको उनले वताए ।
उनले भने, –‘कोभिडका विरामीलाई विशेषज्ञ स्वास्थ्य सेवा पुरयाँउन हाम्रो सिंगो टिम परिचालित हुने छ ।’
अस्पतालका अध्यक्ष डा.मुक्तिनाथ भट्टराईका अनुसार बेड क्षमता अनुसार कसैलाई बिभेद नगरी अस्पतालमा कोभिडका विरामीहरुलाई भर्ना लिईने छ । उनले यो बिषम अवस्थामा यस क्षेत्रका कोभिडका विरामीहरुलाई सेवा दिएर ज्यान बचाउन सकिए हुन्थ्यो भन्ने लागेर हामीले उपचार केन्द्रको रुपमा नै कोभिड वार्ड शुरु गरेका वताएका छन् ।

Leave a Reply

Your email address will not be published.