भूमि आयोगमा ५० हजार बढी आवेदन

झापा,२१ बैशाख । झापा जिल्लामा भुमिहीन तथा समस्या समाधानका लागि ५० हजार भन्दा बढी निवेदन परेका छन् । २०८१ पुषमा बनेको भुमि समस्या समाधान आयोगका अध्यक्ष मदन अधिकारीका अनुसार झापा जिल्लाभरीबाट जग्गाको स्वामित्व सम्बन्धिको प्रकृयामा छिरेका आवेदकको संख्या ५० हजार ७ सय छ ।
१५ वटै गाउँ-नगरपालिकाहरुका बासिन्दाले दिएका निवेदनहरुमाथि आयोगले पहिलो चरणमा कन्काई, अर्जुनधारा, गौरीगञ्ज र बुद्धशान्ति गाउँपालिकामा काम गरिरहेको छ ।
ति पालिकाहरुमा अहिले सम्म ९ सय देखि माथिको संख्यामा जग्गा धनीपूर्जा वितरण गरिसकिएको छ ।
आयोगको पूर्जा पाउनका लागि योग्य ठहरिएका कार्यविधिले तोके अनुसार श्रीमान श्रीमती दुवैको फोटो र हस्ताक्षर नहुँदा करिब ५०,६० वटा जति धनीपूर्जा तयार भएर पनि उपलब्ध गराउन सकिएको छैन् ।
भुमी समस्याको समाधानका लागि सम्बन्धित वडामार्फत आयोगले यसअघि निवेदन लिएको थियो । ति निवेदनहरु वडा मार्फत पालिका कार्यालयहरुबाट आयोगमा प्रविष्ट गरिसकिएका छन् ।
सबैभन्दा ठुलो उपलब्धी भनेको अब ति आवेदकहरुले आफ्नो भुमी समस्याका लागि अर्कोपटक कुनै आयोगमा नयाँ निवेदन दिनु पर्दैन । आयोगले सर्वदलीय सर्वपक्षीय निर्णयका आधारमा विज्ञहरुको समेत सुझाव र सक्रियताका आधारमा भुमि समस्या समाधानका लागि धनीपूर्जा वितरण सम्बन्धिको कार्यविधि (टिओर) बनाइएको छ ।
सो कार्यविधि अनुसार अहिले दिइएका निवेदनहरुकै आधारमा अब जुनसुकै आयोगले पनि जग्गाको स्वामित्व सम्बन्धिको काममा निरन्तरता दिने व्यवस्था उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.