दमक ,२१ बैशाख । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दमक बहुमुखी क्याम्पसमा निर्माण हुने पुस्तकालय भवनको शिलान्यास गरेका छन् ।
सोमबार क्याम्पस परिषरमा आयोजित एक कार्यक्रमका बीच मुख्यमन्त्री कार्कीले पुस्तकालय भवनको शिलान्यास गरेका हुन् । शिलान्यासका क्रममा उनले सामुदायिक शिक्षण संस्थाहरुको शैक्षिक गुणस्तर उकास्न प्रदेश सरकारले सहयोग पुरयााउदैआएको उल्लेख गरे ।
शिलान्यास पछि संक्षिप्त सभामा बोल्दै मुख्यमन्त्री कार्कीले शैक्षिकसंगै कोशी प्रदेशको समृद्धि यात्रामा वर्तमान सरकार ढृणताका साथ लागेको औल्याए ।
भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष देउकुमार नेम्बाङका अनुसार प्रदेश सरकारको रु १ करोड ७९ लाख ८२ हजार १ सय १० को लागतमा सुविधा सम्पन्न पुस्तकालय भवन निर्माण हुनेछ । भवन निर्माणको जिम्मा अनुभव निर्माण सेवाले पाएको छ । निर्माण कम्पन्नीले २०८५ बैशाख ९ गते भित्र सम्पन्न गरिने संझौतामा उल्लेख छ ।
शिलान्यास समारोहमा दमकनगरपालिकाका प्रमुख रामकुमार थापा, क्याम्पस सञ्चालक समितिका अध्यक्ष ढुण्डीराज भण्डारी, क्याम्पस प्रमुख यज्ञराज गिरी ,क्याम्पस सञ्चालक समितिका पदाधिकारी, सदस्यहरु,पूर्व अध्यक्षहरु,क्याम्पसका अध्यापकहरु,कर्मचारीहरु,विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।