लेटाङ,२० बैशाख ।चौबिसेबाट लेटाङ आउदै गरेको बोलेरो पिकअप दुर्घटनाका गम्भीर घाईते मध्ये दुई जनाको मृत्यु भएको छ । धरानस्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा उपचारका क्रममा पिकअपका चालक पथरी शनिश्चरे- २ घर भएका अन्दाजी २५ बर्षिय मनोज दियाली र गाडीका साहुजी ७४ बर्षिय लेटाङ -६ का जीवन कुमार श्रेष्ठको मृत्यु भएको हो।
प्रदेश प्रहरीले जनाए अनुसार धनकुटाको चौबीस गाउँपालिका बुधबारेदेखि लेटाङ आउदै गरेको प्र. १ -०२ -००१ ज ३९५३ नं को बोलेरो पिकअफ अनियन्त्रित भई लेटाङ – ७ वारंगीमा दुर्घटना भएको थियो । धिरीङ्खा भन्ने ठाउँमा बुधबार अपरान्ह ४ बजे दुर्घटना भएको बताईएको छ ।
स्थानीयका अनुसार ४ जना सवार बोलेरो गाडी सडक भन्दा करिब सय मिटर तल खसेको थियो ।दुर्घटनामा ४ जना परेका मध्ये १ गम्भीर घाईते , २ जनाको उपचारका क्रममा मृत्यु भएको हो भने १ जना सकुशल रहेको जनाईएको छ। घटनाका बारे प्रहरीले आवश्यक अनुसन्धान शुरु गरेको जनाएको छ ।