दमकका युवा व्यवसायी पौडेल प्रदेश उवामहासंघको बिषयगत समितिमा

दमक,१७ बैशाख । झापा दमकका युवा व्यवसायी ज्ञाननाथ पौडेल (ज्ञानु ) नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेश अन्तर्गतको मानव संसाधन बिकास समिति सदस्यमा मनोनित भएका छन ।

दमकको व्यवसायिक तथा वित्तिय क्षेत्रमा निरन्तर क्रियाशील रहेका कमल ६ का स्थायीबासिन्दा पौडेललाई महासंघ अन्तर्गतको सो समितिमा मनोनित गरिएको हो ।
पौडेल यसअघि दमक उदोग वाणिज्य संघको कार्य समिति सदस्य भइसकेका छन । दमकमा लगानीकर्ताको पहिचान बनाएका उनी दमक किचन गुडसका प्रोप्राइटर हुन् । महासंघका प्रदेश अध्यक्ष टिकाराज ढकालद्धारा हस्ताक्षरित पत्रमा विरेन्द्रकुमार साह सभापति रहेको मानव संसाधन समितिको सदस्यका रुपमा पौडेललाई मनोनित गरिएको उल्लेख छ ।

प्रदेश एकको आर्थिक गतिबिधिलाई चलायमान बनाउँदै सबै व्यवसायिकहरुको हकहित साथै संघीय, प्रदेश र स्थानीय सरोकारवालाहरुसंग समन्वय गरि काम गर्न महासंघले प्रदेश स्तरमा गठन गरेको बिषयगत समितिको सदस्यमा उनलाई मनोनित गरिएको उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published.