घरमा आगोलागी हुदाँ १३ लाखभन्दा बढीको क्षति

विराटनगर ,१७ बैशाख । मोरङको जहदास्थित एउटा घरमा आज शुक्रबार बिहान आगलागी हुदाँ १३ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जहदा गाउँपालिका–१ बुधनगरका लोकेश्वर सरवरियाको घरमा आगोलागी हुदाँ १३ लाख बढीको क्षति भएको जानकारी दिए । उनका अनुसार टिनको छानो र टाटीको बेरा भएको चार कोठे घरमा बिहान ३ बजेतिर विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published.