भेट्रान फूटवल उपाधिका लागि आयोजक र चन्द्रगढी भिड्दै

दमक, १५ बैशाख । झापाको कमलमा जारी छैठौँ स्वर्गीय मेजर टंक राई स्मृति भेट्रान फुटबल प्रतियोगितामा आयोजक दमक– लखनपुर भेट्रान फूटवल क्लब (निलो ) लाई हराउदै चन्द्रगढी भेट्रान फाइनलमा प्रवेश गरेको छ ।
आज सम्पन्न अन्तिम सेमिफाइनल खेलमा आयोजक निलोलाई टाइबेकरमा ०–३ गोल अन्तरले पराजित गर्दै चन्द्रगढीले फाइनलको यात्रा तय गरेको हो । यो संगै चन्द्रगढीले आगामी १७ चैतमा उपाधिका लागि आयोजक रातोसंग प्रतिष्पर्धा गर्ने भएको आयोजक दमक –लखनपुर भेट्रान क्लवका खेल संयोजक मिन मगरले जानकारी दिए ।
कमल –५ स्थित गुहेश्वरी आधारभूत विद्यालयको प्रस्तावित खेलमैदानमा गत बैशाख ७ देखि शुरु भएको प्रतियोगितामा पूर्वका चर्चित १८ वटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा विजेता हुनेले एक लाख ११ हजार एक सय एघार ,ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेता हुनेले नगद ५५ हजार ५ सय ५५ पाउने छन् । पुरस्कार मध्ये पहिलो पुरस्कार स्व. टंक राईका परिवारजनले र दोश्रो पुरस्कार क्याप्टेन अजेन तुम्बापोले आफना मातापितााको नाममा प्रायोजन गर्ने क्लवका अध्यक्ष दिवस राईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.