सुनसरीबाट लागूऔषध कारोबारी पक्राउ

सुनसरी, बैशाख १३, प्रहरीले धरान १६ का २३ बर्षीय निखिल जोशीलाई लागूऔषध सहित पक्राउ गरेको छ । उनले धरान २ भानुचौक स्थितमा चिया पसल गरी बस्ने र लागूऔषध समेत बिक्री बितरण गर्ने गरेको सुचना पाए लगतै आईतबार बेलुका ५ बजे वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले जोशीको चिया पसलबाट लागूऔषध सहित जोशीलाई पक्राउ गरेको हो । सो घटनाका विषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.