पहिलो संस्करणको नेपाल सुपर लिगमा आज ललितपुर र एफसी चितवन भिड्दै

काठमाण्डौ बैशाख १३, पहिलो संस्करणको नेपाल सुपर लिग ९एनएसएल० फुटबलअन्तर्गत आज ललितपुर सिटी एफसी र एफसी चितवनबीचको खेल हुँदैछ ।

त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजेदेखि खेल सुरु हुनेछ । अन्जन विष्टको कप्तानीमा रहेको ललितपुर पहिलो जित निकाल्ने योजना रहेको छ ।

ललितपुरको यो दोस्रो खेल हो । पहिलो खेलमा ललितपुर काठमाण्डौ रेजर्ससँग १–० गोलले पराजित भएको थियो । राष्ट्रिय टिमका स्ट्राइकर भरत खवासको कप्तानीमा रहेको एफसी चितवनको भने यो पहिलो खेल हो । नेपाल स्पोर्टस म्यानेजमेन्टले गरेको पहिलो संस्करणको लिगमा ७ फ्रेन्चाइज टिम सहभागी रहेका छन् ।

राउण्ड रोबिनको आधारमा हुने लिगमा २५ खेल हुनेछन् ।

Leave a Reply

Your email address will not be published.