इराकको एक कोरोना अस्पतालमा आगलागि २३ जनाको मृत्यु

इराकको राजधानी बगदादस्थित कोभिड–१९ अस्पतालमा आगलागी हुँदा लाग्दा २३ जनाको मृत्यु भएको छ।

अक्सिजन भण्डारणमा गरेको गल्तीका कारण अस्पतालको आईसीयू कक्षबाट आगलागी सुरु भएको थियो। इब्नअल–खतीब अस्पतालमा लागेको आगलागीमा परेका १२० जना बिरामी र ९० जना आफन्तलाई सुरक्षित रुपमा बाहिर निकालिएको छ।

अस्पतालमा रहेको अक्सिजनको ट्यांक विस्फोट भएपछि आगो लागेको हो। सामाजिक संजालमा राखिएका भिडियोहरूमा अग्निनियन्त्रकहरू आगो निभाउन संघर्ष गरिरहेको देख्न सकिन्छ भने अस्पतालभित्र रहेका अन्य मानिसहरू आगोबाट बच्न हतारिँदै भागिरहेका छन्।

इराकका प्रधानमन्त्री मुस्तफा अल(काधिमीले भने आगलागीको घटना दुःखद भएको बताउँदै घटनाको कारणबारे तत्काल अनुसन्धान गर्न निर्देशन दिएका छन्।

इराकमा कोरोनाका संक्रमितको संख्या १० लाख भन्दा बढी छ। हालसम्म इराकमा १५ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published.