इलाम ,७ बैशाख । पोलमा चढेर विद्युत जोड्ने क्रममा इलाम नगरपालिका–८ मा शुक्रवार एक जना मजदुरको ज्यान गएको छ । सन्दकपुर लादै गरिएको नयाँ पोलमा चढेर काम गर्ने क्रममा इलाम नगरपालिका–५ का ४२ वर्षीय दिलीप कुँवरको करेन्ट लागेर घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामका डिएसपी प्रकाश जबेगुले जानकारी दिए ।
उनका अनुसार दिउँसो २ बजेतिर अचानक करेन्ट बगेपछि ११ हजार भोल्टको करेन्टले कुँवरलाई काम गर्दै गरेको अवस्थामा पोलमै टाँसेको थियो ।