दमकमा बैशाख तेस्रो साताबाट भलिवल प्रतियोगिता हुने

दमक बैशाख ४, दमकमा प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको छ । दमक वडा नं ५ वडा समितिको आयोजनामा दमक प्रथम वडा अध्यक्ष वडा स्तरीय भलिवल प्रतियगितामा हुने भएको हो
वैशाख १७ र १८ गते हुने प्रतियोगितामा दमकका १० वटा वडा को सहभागिता रहने छ । वडा संगै सिंगो नगरको खेल विकास हुने भएकोले खेलको आयोजना गरिएको दमक ५ का वडा अध्यक्ष इन्द्र गुरुङले जानकारी दिए ।

खेलको विजेता टीमले क्रमश तीस हजार र विस हजार, उत्कृष्ट खेलाडीले ५ हजार र युवा उदयमान खेलाडी लाई ५ हजार सहित मेडल ट्रफी पाउने छन् । खेल दमक पाँच स्थित दिपिनी आधारभूत विद्यालय दमक ५ को खेल मैदानमा हुने भएको छ ।

Leave a Reply

Your email address will not be published.