भारतमा एकैदिन दुई लाख ३४ हजारभन्दा बढी कोरोना बाट संक्रमित

बैशाख ४, भारतमा कोरोनाभाइरसबाट एकैदिनमा दुई लाख ३४ हजारभन्दा बढी संक्रमित भएका छन्। एकैदिनमा यति धेरै संक्रमित भएको यो नै पहिलो रेकर्ड रहेको स्वास्थ्य अधिकारीले जनाएका छन्।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण मात्रै १३ सय भन्दा बढीको मृत्यु भएको छ। भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा एक दिनमा एक हजार ३४१ जनाको मृत्यु भएको उल्लेख छ। योसँगै देशभरी अहिलेसम्म कोरोनाका कारण कुल मृतकको संख्या एक लाख ७५ हजार ६४९ पुगेको मन्त्रालयले जनाएको छ। त्यसैगरी पछिल्लो २४ घण्टामा दुई लाख ३४ हजार ६९२ जना संक्रमित भएसँगै कुल संक्रमितको संख्या एक करोड ४५ लाख २६ हजार ६०९ पुगेको अधिकारीहरुले जनाएका छन्।

भारतमा अहिले पनि कोरोनाभाइरसबाट संक्रमित रहेकाहरुको संख्या १६ लाख ७९ हजार ७४० पुगेको मन्त्रालयको तथ्याङ्क छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख २३ हजार ३५४ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन्। भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित मुक्त भइसकेकाहरुको कुल संख्या एक करोड २६ लाख ७१ हजार २२० पुगेको छ। भारतीय मेडिकल रिसर्च काउन्सीलले गत शुक्रबार मात्रै देशभरी १४ लाख ९४ हजार ३९७ जनाको कोरोना परीक्षण गरिएको जनाएको छ। एजेन्सी

Leave a Reply

Your email address will not be published.