
उदयपुर, बैशाख ४, उदयपुर त्रियुगा नगरपालिका १ जोगीदह की ४५ बर्षीया सारदा चौधरीको ट्याक्टरको ट्रलीबाट लडेर मृत्यु भएको छ । शुक्रबार बिहान साढे १० बजे उनि जंगलबाट घासँ काटेर फर्कने क्रममा प्रदेश २(०१(००१ त ००८१ नम्बरको ट्याक्टरमा घर फर्कने क्रममा सोही ट्याक्टरको ट्रलीबाट लडी गम्भिर घाईते भएकी चौधरीको उपचारको लागी विराटनगर तर्फ लैजादै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।