फाल्गुनन्द शाकोसले मनायो ७ औ बाल उत्प्रेरणा कार्यक्रम

दमक,२९ चैत । दमक- १ स्थित हवल्दार चौंकमा मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्था ले यसवर्ष पनि बालबालिका लक्षित बाल उत्प्रेरणा कार्यक्रमलाई निरन्तरता दिएको छ । संस्थाले आफनो बार्षिक कार्यक्रम अन्तर्गत गत चैत २७ गते एकदिवसीय बाल उत्प्रेरणा कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको हो ।

दमक- ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित ७ औ बाल उत्प्रेरणा कार्यक्रममा बिर्तामोड सेवाकेन्द्र, शिबसताक्षी झिलझिले, उर्लाबारी मोरङ र मुख्य कार्यालय दमकका १६ बर्षसम्मका बालबालिकाले बेलुन फुटाउने सामूहिक खेलमा १०३ जना, तातो आलु सामूहिक खेलमा ९८ जना, बक्तृत्व कलामा १३ जना र एकल नृत्यमा १७ जनाले सामूहिक तथा एकल कार्यक्रमा भाग लिएका थिए ।

संस्थाकी उपाध्यक्ष फूलकुमारी नेम्बाङ आङ्देम्बेले स्वागत मन्तव्य राखेको कार्यक्रममा संयोजक बिरबहादुर लावती,सदस्य एरिका डान्स सेन्टरकी प्रोपाइटर एरिका अग्रवाल रहेको निर्णायक समिति रहेको थियो । कार्यक्रम सञ्चालन व्यवस्थापक कुबेर प्रसाद तुम्बापो र मन्जिला ढुंगानाले गरेका थिए । सबै खेलमा प्रथम, द्धितीय र तृतीयलाई पुरस्कार प्रदान गरिएको थियो ।

संस्थाका अध्यक्ष संकल्प लिङ्देन (पदम)को अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा उत्कृष्ट बाल बचत सदस्यलाई चाँदीको सिक्का र सबै बालबचत सदस्यलाई मायाको चिनो रुपमा करुवा प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.