सिक्किममा हिमपहिरो : तीन नेपालीसहित ७ पर्यटकको मृत्यु

झापा,२२ चैत (एजेन्सी ) । सिक्किमको नाथुलामा हिमपहिरोमा परी तीन नेपालीसहित सात जना पर्यटकको मृत्यु भएको छ ।मृत्यु हुने नेपालीहरूमा दुई जना चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल ररुपन्देहीकी मुना शाह श्रेष्ठको हिमपहिरोमा मृत्यु भएको भारतीय सेनाले जनाएको छ । अन्य उत्तर प्रदेश, पश्चिम बंगाल र कोलकत्ताका रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गान्तोक नाथुला सडकमा मंगलवार दिउँसो हिमपहिरोमा परेर दर्जनौँ घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यहाँबाट कम्तीमा २० जनालाई जीवितै उद्धार गरिएको सेनाले जनाएको छ । घाइते मध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ ।

Leave a Reply

Your email address will not be published.