तालिम समापनसहित लक्षित समुदायलाई नौमती बाजा हस्तान्तरण

-धिरज श्रेष्ठ

पाडाजुंगी,२१ चैत । कमल गाउँपालिका वडा न ५ को आयोजनामा लक्षित समुदाय (महिला तथा दलित ) लाई आत्मनिर्भर बनाउने उद्देश्यले चुरापोते ,माला तथा गुडिया बनाउने तालिम आज समापन गरिएको छ ।
तालिम समापन अवसरमा तालिममा सहभागिहरुलाई प्रमाणपत्र प्रदान गर्नुका साथै कला संस्कृतिको जगेर्ना गर्न स्थानीय दलित समुदायलाई नौमती बाजा समेत वितरण गरिएको वडाअध्यक्ष लाल बहादुर विष्टले बताए । १५ दिने गुडिया तथा ७ दिने चुरा पोते सम्बन्धि सञ्चालित सो तालिममा ७५ जना महिलाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईको प्रमुख आतिथ्यता तथा कमल गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख रिता कार्कीको विशेष आतिथ्यमा भएको थियो । कार्यक्रममा वडा न ५ का वडा सदस्यहरु , टोल विकास संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।तालिम समापन स्थानीय गौरीशंकर शिवालय मन्दिरको सभाहलमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published.