हाम्रो नेपाल साकोसका कर्मचारी भुजेल पक्राउ

बिर्तामोड , ७ चैत । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल सहकारी संस्था लिमिटेडका एक जना कर्मचारी पक्राउ परेका छन् । सहकारी संस्थाको तीन करोड बढी रकम हिनामिना गरेको उजुरीको आधारमा प्रहरीले शिवगञ्ज सेवाकेन्द्रका प्रमुख जीवन भुजेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिर्तामोडमा मुख्य कार्यालय रहेको सहकारीका सेवा केन्द्र प्रमुख भुजेलले ३ करोड ३५ लाख ४ सय रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । गौरादह -२ घर भई हाल सहकारीको शिवगञ्ज सेवाकेन्द्रको प्रमुख रहेका २८ वर्षीय भुजेलले सहकारीको सम्पत्ति , बचत तथा ऋण हिनामिना गरेको आरोप लागेको हो ।
सहकारीले उजुरी दिएपछि भुजेललाई चैत ३ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्र खड्काले बताए ।

 

 

Leave a Reply

Your email address will not be published.