माओवादी उपाध्यक्ष महरा पक्राउ

झापा,५ चैत। नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । महरालाई कपिलवस्तुको मायादेवी गाउँपालिकाको पकडिबाट नियन्त्रणमा लिइएको प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीम प्रसाद ढकालले जानकारी दिए ।

प्रहरी टोलीले महरालाई काठमाडौँ ल्याउने तयारी गरेको ढकालले जानकारी दिए । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई आइतबार मुद्दा चलाउन सिफारिस गरेको थियो । महरा प्रतिनिधि सभाका पूर्व सभामुख समेत हुन् ।

Leave a Reply

Your email address will not be published.