दमकमा लगनशीलले डेरी खोल्यो

दमक ,२३ फागुन । झापाको कमल गाउँपालिका -५ पाडाजुंगीस्थित लगनशील कृषि सहकारी संस्थाले बुधबारदेखि दमकमा डेरी सञ्चालनमा ल्याएको छ ।दमक क्षेत्रका आफना ग्राहक तथा शेयर सदस्यहरुका सुविधाका लागि संस्थाले दुग्धजन्य खाद्य पेयपदार्थहरुको सुलभ रुपमा विक्री वितरण गर्ने उद्देश्यले डेरी सञ्चालनमा ल्याईएको अध्यक्ष गोविन्द खनालले बताए । दमक- ८ एनसीएल सेन्टर दक्षिणको एक घरमा स्थापना गरिएको डेरीको बैद्धिक पूजापाठ गरि औपचारिक रुपमा उद्घाटन गरिएको थियो ।
लगनशील डेरीले उद्घाटनका अवसरमा संस्थाद्धारा उत्पादित दुध ,दही,पनिर,घिउ लगायतका दुधजन्य परिकारहरु सुपथ मूल्यमा उपलव्ध गराउने अध्यक्ष खनालले बताएका छन् ।डेरी उद्घाटनमा संस्थाका पूर्व अध्यक्ष समेत रहेका कमल -५ का वडाअध्यक्ष लालबहादुर विष्टसहित संस्थाका पदाधिकारी, सदस्यहरु,सञ्चालक तथा स्थानीय उद्योगी,व्यवसायीहरुको समेत उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published.