सहकारीमा सञ्चालकको भूमिका महत्वपूर्ण : महासंघकी अध्यक्ष मल्ल

दमक ,२३ फागुन। राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले नियमसंगत नचलेका केहि सहकारीका कारण सिंगो सहकारी क्षेत्र बदनाम हुन पुगेकाले यसतर्फ सर्तक हुनुपर्ने औल्याएकी छन्।
बुधबार दमक -६ स्थित सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको नवनिर्मित कार्यालय भवन उद्घाटन गदैं संविधानसभाकी सदस्य समेत रहेकी अध्यक्ष मल्लले केहि गलत मनसायले चलेका , कतिपय सहकारी संस्थाका सञ्चालकले आफनो भूमिका नबुझेर मनपरी गरेका कारण सिंगो सहकारी क्षेत्र बदनाम बन्दै जानु दुःखद भएको विचार राखिन् ।
लामो इतिहास बोकेको सहकारी क्षेत्रमा देखिएको समस्या समाधानमा राष्ट्रिय सहकारी महासंघ प्रयत्नशील भएको बताउदै उनले सहकारी संस्थालाई विकास गर्न यसका सञ्चालकहरुको भूमिका महत्वपूर्ण हुने जोड दिईन् । सहकारी क्षेत्रमा राज्यले समेत चासो दिएको कारण पनि अव सहकारीको नीति ,नियम बाहिर कोहि जान सक्ने अवस्था नरहेको उनको भनाई छ ।
सहकारी क्षेत्रनै अन्य व्यवसाय भन्दा फरक किसिम मात्र नभएर जनउत्तरदायी बोकेको क्षेत्र समेत भएको चर्चा गर्दे उनले भनिन् , –‘ सहकारीलाई रोजगार संगै सिंगो सहकारी क्षेत्रलाई विकास गर्न यसका सबै सञ्चालक, शेयर सदस्यहरु ,कर्मचारीहरुको योगदान आवश्यक छ, यसमा हाम्रो ध्यान जानुपर्छ ’
सो अवसरमा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईले सहकारी संस्थालाई सवल तथा व्यवस्थापकीय रुपमा समेत ध्यान दिएर अघि बढेमात्र सफलता प्राप्त हुने धारणा राखिन् ।
विस २०६६ सालमा स्थापना भएको यस सहकारीले दमक ६ स्थित नमुना बजारमा तीनतले सुविधासम्पन्न कार्यालय भवन निर्माण गरि स्थान्नतरण गरिएको अध्यक्ष टिकाराज सापकोटाले जानकारी दिए । थानारोडमा रहेको सो संस्थाले आफनो सेवा थप व्यवस्थित बनाउन व्यस्त वजार क्षेत्रमा कार्यालय स्थान्तरण गरि बुधबारदेखिनै सवै सेवा सुचारु गरिएको संस्थाले जनाएको छ ।सोहि अवसरमा प्रमुख अतिथि मल्लले नवनिर्मित कार्यालय भवनको समेत स्थलगत अनुगमन गरि सेवा प्रवाहका विषयमा अन्तरकृया गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत अरुण भण्डारीले बताए ।
कार्यक्रममा जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष प्रेम कोइराला, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष चुडामणी ओझा, व्यवस्थापक क्लवका अध्यक्ष खोमप्रसाद बगाले, दमक- ६ का वडाअध्यक्ष टेकबहादुर थापा, सहकारीका अगुवाहरु,सामाजिक संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.