कमलमा फागुन २० देखि ३० गतेसम्म दादुरा–रूवेला खोप अभियान

कमल,१६ फागुन । झापाको कमल गाउँपालिकामा यहि फागुन २० गतेदेखि ३० गतेसम्म दादुरा–रूवेला खोप अभियान सञ्चालन गरिने भएको छ । अभियान अन्तर्गत पालिका भित्रका ९ महिनादेखि १५ वर्ष सम्मका १२ हजार बढी बालबालिकाहरुलाई दादुरा –रूवेला खोप लगाउने स्वास्थ्य शाखाले जनाएको छ ।
स्वास्थ्य शाखा प्रमुख बिमल थापाले कमलमा दादुरा– रूवेला खोप लगाउनु पर्ने लक्षित बालबालिकाको संख्या १२ हजार ३ सय ३० जना रहेको र त्यसका लागि ७ वटै वडामा तयारी तीव्र पारिएको जानकारी दिए ।
जसअन्तर्गत विशेष गरेर लक्षित वर्गमा विध्यालयमा अध्ययनरत विद्यार्थीका साथै विद्यालय बाहिर रहेका बालबालिकालाई समेत नजिकको खोप केन्द्रमा स्वास्थ्यकर्मीहरुबाट खोप लगाइने कार्यक्रम रहेको उनले बताएका छन् । खोप कार्यक्रमलाई प्रभावकारी बनाउन वडास्तरमा सरोकारवालाहरुसंग अन्तरकृया समेत गरिदैआएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक दिपक दाहालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.