दमक,१० फागुन । झापाको कमल गाउँपालिकाले २३० वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ । पालिकाको पशु स्वास्थ्य शाखाले गत फागुन ७ देखि ९ गतेसम्म सञ्चालन गरेको शिविरमार्फत २३० वटा कुकुरको रेविज विरुद्धको निशुल्क खोपसहित बन्ध्याकरण गरिएको हो । कमलका ७ वटै वडामा पुगेर शिविरमार्फत ती कुकुरहरुको बन्ध्याकरण गरिएको पशु शाखाका प्रमुख दिपेन्द्र लामिछानेले बताए ।
उनका अनुसार गाउँपालिकाको चालु आर्थिक बर्ष २०८१ -८२ को स्वीकृत कार्यक्रम अन्तर्गत शिविर सञ्चालन गरिएको हो । शिविरमा नेपाल एग्री लाइभष्टक ट्रेनिङ एण्ड रिसर्च सेन्टर इटहरीले प्राविधिक सहयोग पुरयाँएको थियो । पशु स्वास्थ्य शाखाले बर्षेनी यस किसिमको कार्यक्रम सञ्चालन गरिआएको जनाईएको छ ।