दमक,१० फागुन ।दमकमा फागुन १८ र १९ गते झापाको याक्थुङ साम्लो महोत्सवको आयोजना हुने भएको छ । फक्ताङलुङ साँस्कृतिक मञ्च ललितपुरले दमकमा आज पत्रकार सम्मेलन गरि याक्थुङ साम्लो महोत्सव हुने भएको जानकारी दिएको हो । महोत्सव दमकको पशुहाटमा हुने र त्यसको तयारी तीव्र पारिएको मञ्चका अध्यक्ष पूर्ण कुमार सेर्मा यादेनले बताए। लिम्वू समुदाय भित्रको लोपन्मुख, गीत संगीतलाई उजागर गर्न याक्थुङ साम्लो महोत्सवको आयोजना गर्न लागेको अध्यक्ष शेर्माले बताए ।
लिम्वूहरुको मौलिक संस्कृति तथा मुन्धुमी लोक साम्लो गीत, पालम,ख्याली,हाक्पारे,केलाङहरुको उत्थान सम्र्वद्धन र प्रचार प्रसार गरि युवा पुस्ता सम्म पुरयाँउने महोत्सवको मुख्य उद्धेश्य रहेको साँस्कृतिक मञ्चले जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
फागुन १८ र१९ गते साँझ पालाम,हाक्पारे,ख्याली र धान नाँच साथै लिम्वू कलाकारहरुको वेजोड साँगीतिक प्रस्तुति समेत रहने कार्यक्रम संयोजक विक्रम वनेमले बताए ।