पथरीशनिश्चरे, ७ फागुन । मोरङको पथरीशनिश्चरे वडा नं १० स्थित श्रीजङ्गा धार्मिक वन क्षेत्रमा आज बुधबार ताप्लेजुङ घर भई हाल झापा ,मोरङ्ग र सुनसरी बस्दैआएकाहरुको सहभागितामा वनभोज कार्यक्रम सम्पन्न भएको छ।
कोशी प्रदेशका कृषि तथा सहकारी मन्त्री खगेन सिंह हाङ्गगामको उपस्थितिमा आयोजित भेलामा ताप्लेजुङ जिल्लामा जन्म भई जीवनयापनका क्रममा पूर्वका विभिन्न जिल्लाहरूमा स्थायी बसोबास गर्दै आएकाहरुको उल्लेखीय उपस्थिति रहेको थियो।
सोहि अवसरमा झापाका उमानाथ प्याकुरेलको अध्यक्षतामा एक तदर्थ समिति समेत गठन गरेको छ। समितिको उपाध्यक्षमा नारायण यक्सो, सचिवमा भीमप्रसाद गौतम, कोषाध्यक्षमा पुण्य प्रभा गुरागाईं, सहसचिव लीलाराज भट्टराईलाई सर्वसम्मत चयन गरेको छ भने अन्य सदस्यहरू क्रमशः सुजता लिम्बू, डम्बर चोङ्बाङ, विष्णु गुरागाई , अशोक नाल्बो, तीज सिग्देल, चन्द्रबहादुर खोयाङ , कमल खतिवडा रहेका छन्।
नवगठित तदर्थ समितिले उक्त ताप्लेजुङ्ग झापा मोरङ सुनसरी समाजको गठन, दर्ता, विधान लेखन, विभिन्न भेला र कार्यक्रमहरूको आयोजना गर्ने जनाइएको छ।
उक्त अवसरमा संगिनी नाच, धाननाच, च्याब्रुङ नाच , झाँकी र विभिन्न गीत,नृत्यहरु लगायतका सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएका थिए।