सुम्निमा कृषि सहकारीमा पुनः दाहाल चुनिए

दमक ,६ फागुन । झापाको कमल गाउँपालिका ६ मंगलवारेस्थित सुम्निमा कृषि सहकारी संस्थाको अध्यक्षमा पुनः प्रमोदकुमार दाहाल चयन भएका छन् । शनिवार सम्पन्न संस्थाको विशेष साधारणसभाले अध्यक्षमा पुनः दाहाल निर्विरोध चुनिएका हुन् । उनी संस्थापक अध्यक्ष समेत हुन् ।
उनीसंगै सञ्चालक समितिको दुई सदस्य पदमा लीलानाथ लिम्बू र प्रेमकुमारी रेग्मी निर्विरोध निर्वाचित भएको व्यवस्थापक भरतकुमार सेढाईले बताए ।साधारणसभाले संस्थाको सञ्चालक समिति समेत पूर्नगठन गरिएको छ । पूर्नगठित समितिको उपाध्यक्षमा खेमराज गुरागाई, सचिवमा लोकनाथ निरौला, कोषाध्यक्षमा मोहनप्रसाद निरौला , सहसचिवमा पदमप्रसाद उप्रेती र सदस्यहरुमा भरत राई,जयकुमार गुरागाई, अमृता न्यौपाने, ख्यामराज अधिकारी, लिलानाथ लिम्बू र प्रेमकुमारी रेग्मी चुनिएका छन् ।
गत मंसीर ३० गते सम्पन्न ११ औ चुनावी बार्षिक साधारणसभाले राजेन्द्र घिमीरेलाई अध्यक्षमा चुनेपनि दुई साता अघि उनले घरायसी समस्या भएको भन्दै पदबाट राजीनामा दिए ।सञ्चालक समितिका अध्यक्षसहित तीन जनाले राजीनामा दिएपछि संस्थाले प्रदेश सहकारी रजिष्टारको कार्यालयसंग समन्वय गरि नियमानुसार विशेष साधारणसभा गरिएको व्यवस्थापक सेढाईले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.