समाजवादी प्रेस सङ्गठन प्रदेश अध्यक्षमा पोखरेल

मोरङ ,४ फागुन । समाजवादी प्रेस सङ्गठनको आज यहाँ भएको प्रदेश नं १ स्तरीय प्रथम भेलाले बन्धु पोखरेलको अध्यक्षतामा प्रदेश कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षद्वयमा राजेन्द्र पोखरेल र ज्ञानु घिमिरेलाई चयन गरिएको छ ।

यसैगरी सचिव, सहसचिवत्रय र कोषाध्यक्षमा क्रमशः भोला श्रेष्ठ, राजकुमार दाहाल, राजकुमार खाती, सुखिलाल चौधरी र रङ्गीता गजमेर रहेका छन् भने सदस्यमा अनिता भट्टराई, जय राई, शान्तिराम नेपाल, पप्पु यादव, मुस्ताक आलम, स्वर्णिमहाङ फोम्बो, किशोर उपरकोटी, रविन्द्र चौधरी र खेम दाहाल चयन भएका छन्।
यसैगरी ध्रुव भट्टराईको अध्यक्षतामा मोरङ जिल्ला कमिटी आज यहाँ गठन गरिएको छ । कमिटीको उपाध्यक्ष, सचिव, सहसचिवद्वय र कोषाध्यक्षमा क्रमशः सन्तोष राजवंशी, उत्तम पोखरेल, मिलन अधिकारी, छविराज ढकाल र विमला रेग्मीलाई चयन गरिएको छ ।
यस्तै सदस्यमा टीकाप्रसाद गौतम, प्रदीप काफ्ले, कविता कोइराला, यशोदा कार्की, पार्वती कटुवाल, वीना ढुङ्गेल, रिया खड्का, निर्मला ढुङ्गाना, स्वस्तिका भट्टराई, विवेक न्यौपाने र निरज मल्ल रहेका छन् ।

प्रदेश न.१ का मुख्य मन्त्री राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यतामा भएको पहिलो भेला भएको थियो । विराटनगरमा आयोजित भेलामा आफना भनाई राख्दै मुख्यमन्त्री राईले सबै गठबन्धनका दलहरुबीच सहमति गरेर प्रदेश सरकारले छिट्टै नै प्रदेश नं १ को नाम टुङ्गो लगाउने बताए ।
मुख्यमन्त्री राईले आन्तरिक मामिला मन्त्रालयबाट छुट्याएर अहिले आवश्यकता अनुसार यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय स्थापना गरिएको र छिट्टै नै सञ्चार सम्वन्धि ऐन प्रदेश सभाबाट पास गरिने संचारक्षेत्रका कार्यक्रमहरु संचालन गर्न हालको बजेट बढाएर विनियोजन गर्ने बताए ।
उनले प्रदेश सरकारले मन्त्रालयको संख्या आवश्यकताका आधारमा बढाईएको बताउँदै प्रदेश सरकारले आर्थिक तथा सामाजिक उन्नतिमा फट्को मार्ने उल्लेख गरे
सोहि भेलालाई सम्बोधन गर्दे विशेष आतिथि समेत रहेका प्रदेश १ का यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्र घिमिरेले आफ्नो मन्त्रालय अन्तर्गत यातयात व्यवस्था तथा सञ्चार मन्त्रालयले अघिल्लो वर्षको तुलनामा आगामी आर्थिक वर्षमा बढी नै राजस्व सङ्कलन गरी प्रदेश सरकारलाई दर्हरिलो तुल्याउने बताए ।
त्यस्तै, समाजवादीका प्रदेश नं १ का सचिव महेश रेग्मीले राष्ट्रियता, लोकतन्त्र तथा नेपाली स्वाभिमानलाई अक्षुण्ण राख्दै आएको नेपाली पत्रकारिताले जनताको विषयलाई निरन्तर कलम चलाई रहनु पर्ने औल्याए ।

Leave a Reply

Your email address will not be published.