
दमक, ४ फागुन । दमकमा रहेको एड्भान्स अस्पतालले सिटी स्क्यान सेवा थप गरेको छ । अस्पतालले सिटी स्क्यानका विरामीहरुलाई लक्षित गरि आजदेखि त्यस्तो सेवा शुरु गरेको अस्पतालका निर्देशक चैतन्य बरालले बताए ।
सिटी स्क्यान सेवाको एक औपचारिक कार्यक्रमका बीच दमक वडा नम्बर ७ का वडाअध्यक्ष भिम पौडेलले शुभारम्भ गरे ।
उक्त सिटी स्यक्यान सेवा दमकमै पहिलो भएको दाबी गरिएको छ । यस अघि दमकमा कुनै बिरामीको सिटि स्क्यान गर्नु परे बिर्तामोड वा बिराटनगर धाउनु पर्ने बाँध्यता रहेको थियो । सिटी स्क्यान सेवा शुभारम्भको अवरमा बोल्ने बक्ताहरुले दमकलाई स्वास्थ्य सेवाको हब बनाउन यहाँ भएका अस्पतालहरुले सहकार्य गर्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै दमक वडा नम्बर ६ का वडाध्यक्ष टेकबहादुर थापा, नेपाली कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाईं, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाका सभापति प्रकाश बुढाथोकी लगायतले दमकमा रहेका अस्पतालहरुले आपसी सहकार्य गरी यहाँका नागरिकलाई सेवा प्रबाह गर्नु पर्नेमा जोड दिएका छन् ।
आजैबाट बिरामीले सिटी स्क्यानको सेवा पाउने जानकारी दिदै अस्पतालका अध्यक्ष माधव पराजुलीले अव यस क्षेत्रका विरामीले अत्याधुनिक प्रविधि सहितको सिटी मेसिन जडान गरिएकोले थप सुविधा पाउने विश्वास व्यक्त गरे । अन्यत्रको भन्दा सरल रकममानै सेवा दिन आफुहरु तयार रहेको उनले दावी गरे ।