झापामा प्रहरी कार्यालयभित्रै सई मृत फेला

झापा, ४ फागुन । जिल्ला प्रहरी कार्यालय झापाका एकजना प्रहरी अधिकारीले झुन्डिएर आत्महत्या गरेका छन् ।जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक धनराज खतिवडाले कार्यालयको छतमाथि झुन्डिएर आत्महत्या गरेको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विजय चौहानले पुष्टि गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयको तीनतले प्रहरी ब्यारेकको माथिल्लो तलामा रहेको पानीकोटंकीमा जाने फलामको भर्याङमा उनले आत्महत्या गरेको प्रहरी निरीक्षक चौहानले जानकारी दिए ।
भोजपुर टेम्केमैयुङ गाउँपालिका वडा नं.४ घर भई हाल मोरङ कानेपोखरी गाउँपालिका वडा नं.७ बस्ने ४९ वर्षीय खतिवडाले नाइलनको डोरीको पासो लगाएका हुन् ।
कारागारभित्र कैदीद्वारा आत्महत्या
सुनसरीको झुम्का कारागारमा एक कैदीले कारागारभित्रै झुन्डिएर आत्महत्या गरेका छन् । शनिवार दिउँसो ३ः४४ बजे रामधुनी –५ स्थित झुम्का कारागारको ब्लक नं ए बन्दीगृहभित्र सुनसरी बर्जु –५ बस्ने ३४ वर्षीय प्रदिप यादवले आत्महत्या गरेका हुन् ।
साईकोसिस विरामी रहेका यादवले बन्दीगृहको शौचालयभित्र झ्यालको भेन्टिलेसनको पंखामा गम्छाको पासो लगाएका थिए । कर्तव्य ज्यान मुद्दामा २०७६ भदौ १ गतेबाट उनले कैद भुक्तान गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published.