जेसीजकी राष्ट्रिय अध्यक्ष थापाद्वारा दमकमा निर्माणाधिन तालीम हलको अवलोकन

दमक,३ फागुन । नेपाल जेसीजकी राष्ट्रिय अध्यक्ष रजनी थापाले आज दमक जेसीजको निर्माणाधिन तालीम भवनको अवलोकन गर्नुका साथैं जेसीज सदस्यहरुवीच अन्तरकृयामा सहभागि भएकी छन् ।
दमक जेसीजले दमक -८ मा तालीम भवन निर्माण गरिरहेको छ । सोहि निर्माणाधिन हलको अवलोकन तथा त्यहाँ आयोजित युवा विषयक अन्तरक्रिया कार्यक्रममा समेत राष्ट्रिय अध्यक्ष थापा सहभागि भईन् । तालीम हलको निर्माणका विषयमा निर्माण समितिका सचिव तथा सल्लाहकार चन्द्र खत्रीले जानकारी गराएका थिए ।
दमक जेसीजका अध्यक्ष सहदेव भट्टराईको अध्यक्षता तथा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा बोल्दै नेपाल जेसीजकी राष्ट्रिय अध्यक्ष थापाले दमक जेसीजले नेतृत्व विकास तथा सामाजिक कार्यमा खेलेको भूमिका प्रशंसनीय भएको औल्याईन् ।
कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष प्रकाशप्रसाद अधिकारी, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं, राप्रपा दमक नगर अध्यक्ष हेम सुवेदी, बोर्ड अफ ट्रस्टीज अध्यक्ष गञ्जबहादुर दाहाल, निबर्तमान अध्यक्ष रामचन्द्र अधिकारी लगायतका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।
चन्द्र खत्रीको सहजीकरणमा भएको अन्तकृयामा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष बस्नेतले युवाको नेतृत्व विकासमा जेसीजले पुरयाँउदै आएको योगदान प्रंशसनीय भएको बताए । कार्यक्रममा नेपाल जेसीज तथा दमक जेसीजबीच सहकार्यका सम्भावनाहरूमा छलफल भएको दमकका महासचिव जेसी राजेन्द्र बिमलीले बताए ।

Leave a Reply

Your email address will not be published.