जनतामा माओवादीप्रति नयाँ आकर्षण सुरु : अध्यक्ष प्रचण्ड

दमक,३ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले जनतामा माओवादीप्रति नयाँ आकर्षण सुरु भएको दावी गरेका छन् ।सरकारबाट बाहिरिएपछि पार्टीले जनताको बीचमा गएर सुशासनको अभियानको नेतृत्व गर्ने अवसर पाएको उल्लेख गर्दे पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले  देशलाई बिकास र समृद्धिको पक्षमा लैजान नेपाली जनताले फेरि पनि माओवादीको नेतृत्व चाहेको विचार राखे ।
पार्टीले देशव्यापी रुपमा खबरदारी सभासहितका जागरण लगायतका अभियान सञ्चालन गरिआएको चर्चा गदै अध्यक्ष प्रचण्डले देशदौहाडाका क्रममा ,स्थानीय तहको उपनिर्वाचनको नजितादेखि संघीयता ,शुसासन,परिवर्तनका पक्षमा माओवादीप्रति जनताको भरोसा देखिएको उल्लेख गरे ।
माओवादी केन्द्र दमक नगर कमिटीले आज दमकको गोर्खा डिपार्टमेन्ट स्टोरको प्राङगणमा आयोजना गरेको दोस्रो नगर अधिवेशनको उद्घाटन ,पार्टी प्रवेश तथा खबरदारी सभालाई सम्बोधन गर्दे प्रचण्डले आफूले तेस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी लिएपछि भ्रष्टाचारविरुद्ध युद्ध लड्ने नयाँ सङ्कल्प लिएको र सरकारबाट बाहिरिएपछि सुशासनको एजेण्डालाई लिएर देशव्यापी अभियान थालेको बताए ।
भ्रष्टचारकै कारण देशको विकास र समृद्धिले प्रगति हासिल गर्न नसकेको दावी गर्दे अध्यक्ष प्रचण्डले आफूले सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा, विभेदका विरुद्ध सामाजिक न्यायका पक्षमा र आर्थिक संकटबाट देशलाई मुक्त गर्न पार्टीले खबरदारी अभियानमा जोड दिएको उल्लेख गरे । देशमा आर्थिक सुधारको वातावरण बनाउन जुन अभियान थालेको थिएँ, अब यो पार्टी र जनताको अभियान बनेको उनको दावी थियो ।
जनयुद्धमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने अभियानको नेतृत्व आफनो पार्टीले नै गर्ने अवसर पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब भ्रष्टाचारविरुद्धको अभियानलाई तीव्र बनाउँदै समाजवादी क्रान्तिका लागि निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । पूर्वले सामान्तवादविरुद्ध ऐतिहासिक भूमिका निर्वाह गरेको चर्चा गर्दे उनले अब समाजवादी क्रान्तिको अगुवाइ पनि पूर्वले गर्ने विश्वास रहेको उल्लेख गरे ।
सोहि अवसरमा पार्टी अध्यक्ष प्रचण्डले जनता समाजवादी पार्टी नेपाल ( जसपा ) का प्रदेश १ का पूर्व अध्यक्ष प्रविण चाम्लिङसहित विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गर्ने ८ सय बढी नवप्रेशीहरुलाई पार्टी प्रवेश गराएका थिए । दुई वर्ष अघि जसपा परित्याग घोषणा गरेर स्वतन्त्र बसेका दमक ७ निवासी चाम्लिङसंगै जसपा छाडेकाहरु तत्कालीन जसपाका प्रदेश सदस्य जहरमान लिम्बू, क्षेत्र न. ५ (ख) का पूर्व अध्यक्ष दिपक न्यौपाने, पूर्व दमक नगर अध्यक्ष खेमबहादुर दाहाल लगायतका कार्यकर्ताहरुलाई संगै लिएर माओवादीमा प्रवेश गरेका हुन् ।

Leave a Reply

Your email address will not be published.