दमक ,३ फागुन । जनता समाजवादी पार्टी नेपाल ( जसपा ) का प्रदेश १ का पूर्व अध्यक्ष प्रविण चाम्लिङ नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।२०७९ कार्तिक २४ गते जसपा परित्याग घोषणा गरेर स्वतन्त्र बसेका दमक- ७ निवासी शैक्षिक तथा सामाजिक व्यक्तित्व चाम्लिङ माओवादी केन्द्रमा पार्टी प्रवेश गरेका हुन् । माओवादी केन्द्र दमकले आज दमकको गोर्खा डिपार्टमेन्टको प्राङगणमा आयोजना गरेको दोश्रो नगर अधिबशन उद्घाटन तथा खबरदारी सभामा उनीसहित विभिन्न पार्टी परित्याग गरि पार्टी प्रवेश गर्ने पाँच सय बढी सर्वसाधारणलाई पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड ) लगायतका नेताहरुले पार्टीमा भित्रयाएका हुन् ।
पार्टी प्रवेश गर्नेहरुमा चाम्लिङसहित तत्कालीन जसपाका प्रदेश सदस्य जहरमान लिम्बू, क्षेत्र न. ५ (ख) का पूर्व अध्यक्ष दिपक न्यौपाने, पूर्व दमक नगर अध्यक्ष खेमबहादुर दाहाल ,विभिन्न पार्टीका सदस्यहरु लगायतका रहेका छन ।
कार्यक्रममा पार्टी प्रवेश गर्नेहरुका तर्फबाट बोल्दै चाम्लिङले संघीयता ,शुसासन ,पहिचान स्थापित गर्न एकमात्र राजनीतिक पार्टी माओवादी मात्र भएकाले आफू निस्वार्थ यो पार्टीमा जोडिन पुगेको उल्लेख गरे ।