दमकमा बालकको हत्या , आमासहित दुई पक्राउ

दमक , १ फागुन । बालकलाई पछारेर मारेको आरोपमा दमकमा बालककी आमा र अर्का एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।हिजो साँझ ७.३० बजेको समयमा दमक नगरपालिका ३ स्थित बेलडाँगी भुटानी शिविर सेक्टर बी फोर हट नं. ४३२ बस्ने ५० वर्षीय पञ्चबीर घिसिङको घरमा आश्रय लिएर बसेका २५ वर्षीया सुस्मिता बिश्वाका छोरा ८ महिनाकी एरित ओलीलाई पञ्चवीर घिसिङले पछारेका थिए । अचेत अवस्थामा पुगेका बालकलाई उपचारका लागि दमक अस्पताल दमक पठाएकोमा इसीजी उक्त अस्पतालमा नरहेकाले इसीजी गराउनको लागि किओच बाल अस्पताल दमक पठाईएकोमा बच्चाको मृत्यु भईसकेको थियो ।
बालकको शव दमक अस्पतालको शवगृहमा राखिएको छ भने बालकलाई पछार्ने घिसिङ र बालककी आमा सुस्मिता बिश्वालाई इलाका प्रहरी कार्यालय दमकमा नियन्त्रणमा लिई घटनाका बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी ढुण्डिराज गिरीले बताए ।

Leave a Reply

Your email address will not be published.