समलिङ्गी (लेस्बियन ) विवाह दर्तालाई पहिलोपटक कानुनी मान्यता

दमक ,२९ माघ । नेपालको इतिहासमा नै पहिलो पटक बर्दियामा समलिङ्गी (लेस्बियन ) विवाह दर्ता भएको छ । सर्वोच्च अदालतको आदेशअनुसार बर्दियाको बढैयाताल गाउँपालिका २ को कार्यालयले लेस्बियन जोडीको विवाह दर्ता गरेको हो ।
पाँच वर्षदेखि समलिङ्गी सम्बन्धमा रहेका बढैयाताल २ का अन्जुदेवी श्रेष्ठ (दीप्ती) र बाँके कोहलपुर नगरपालिका वडा नं ५ बस्ने सुप्रिता गुरुङ्गको जोडीले कानूनी मान्यता पाएको हो । स्थानीय पञ्जीकाधिकारी एवं वडा सचिव दीपक नेपालीले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प्राविधिक शाखाबाट दिएको जानकारी अनुसार विवाह दर्ता गरिएको बताए ।
उनले भने, ‘दर्ता गर्ने र प्रमाणपत्रमा अस्थायी विवाह दर्ता लेखेर जारी गर्न पञ्जीकरण विभागको प्राविधिक शाखाबाट जानकारी आयो । समलिङ्गी महिलाको विवाह दर्ता भएको यो पहिलो हो ।’
जारी विवाह दर्ता प्रमाणपत्रको पुच्छरमा भने हस्तलिखीतमा अस्थायी प्रमाणपत्र भनी उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published.