दमक महोत्सवमा एकसय बढी स्टल बुकिङ

दमक ,२६ माघ । दमक उद्योग वाणिज्य संघको आयोजनामा दमकमा यही माघ २८ गते देखि शुरु हुने पाँचौ दमक महोत्सव –२०८० मा अहिलेसम्म एक सय बढी विभिन्न किसिमका व्यवसायिक स्टलहरु बुकिङ भईसकेका छन् ।
,उद्योग, व्यवसायको व्यवसायिक प्रवद्र्धटनमा टेवा पुरयाँउने उद्देश्यले छ वर्षपछि हुन लागेको संघको यस महोत्सवमा स्थानीयदेखि सुदुरपश्चिम क्षेत्रसम्मका व्यवसायिक तथा कृषि उत्पादनका स्टलहरु रहने भएका छन् । अहिलेसम्म एक सय भन्दा धेरै स्टलहरु बुक भइसकेको महोत्सव आयोजनक मूल समितिका संयोजक समेत रहेका संघका वरिष्ठ उपाध्यक्ष राजु खडकाले जानकारी दिए ।
फागुन १२ गते सञ्चालन हुने महोत्सवमा देशका विभिन्न प्रदेशहरुबाट पनि व्यवसायिक तथा कृषि उपजहरुको स्टल राख्नका लागि धमाधम बुकिङ भइरहेको उनको भनाई छ ।
खडकाले भने , – ‘हामी एकदमै उत्साहित रुपमा महोत्सव व्यवस्थापनमा लागेका छौं । महोत्सवप्रति चौतर्फी जिज्ञासा र उत्साह देखिएको छ यसले हामीलाई थप हौसला मिलेको छ ।’
उनका अनुसार यो महोत्सवमा स्टलहरु व्यवस्थापनका लागि डोमेन हेंगरमा सजाइनेछन् । महोत्सवमा यो अभ्यास दमकमा पहिलो पटक गर्न लागिएको साथै आधुनिक किसिमका खेल तमासाहरु पनि सञ्चालन हुनेछन् ।
महोत्सव दमक -७ स्थित सयपत्री टोलको रतुवा खोला किनारमा हुदै छ । महोत्सवको उदघाटन अर्थमन्त्री डा. प्रकाशशरण महतले गर्ने र सो दिन प्रवेश शुल्क निशुल्क गरिएको संघका महोत्सव प्रचार प्रसार समिति संयोजक तुलसीराम तिम्सिनाले जानकारी दिए । अन्य दिनमा भने प्रवेश शुल्क रु १ सय राखिएको छ । प्रवेश शुल्क वापत टिकटमा लक्की ड्र गरि आर्कषक उपहार प्रदान गरिने व्यवस्था गरिएको छ ।
महोत्सवमा कृषि, औद्योगिक तथा व्यापारिकका साथै विज्ञान प्रविधि, शैक्षिक एवं विभिन्न बिधाका एक सय ३० वटा बढी व्यवसायिक स्टलहरु रहने जनाइएको छ । स्टलमा दैनिक निशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिने संघले जनाएको छ ।
महोत्सवस्थललाई घेराबारासँगै आकर्षक रुपमा सजाइएको छ । महोत्सवमा रसियन कलाकारको नृत्य अर्को प्रमुख आकर्षण हुनेछ । महोत्सवलाई सफल बनाउन गठित विभिन्न एक दर्जन बढी उपसमितिहरुले सक्रिय रुपमा काम गरिरहेको संघका अध्यक्ष गोपाल गुरागाइँको भनाई छ ।
संघका पूर्व अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य गोकुल श्रेष्ठले आर्थिक गतिबिधिलाई चलायमान बनाउँदै पूर्वका उद्योगी व्यवसायीहरुलाई मनोरञ्जन दिलाउन यो महोत्सवले महत्वपूर्ण योगदान पुरयाउँने उल्लेख गरे ।
महोत्सवमा रु ६ करोड बढीको कारोबार हुने अपेक्षा संघले गरेको छ । महोत्सव सञ्चालन वापत संघले प्राप्त गरेको सबै रकम दमक ८ मा निर्माणाधिन इलम प्रशिक्षण केन्द्र सञ्चालनमा उपयोग गरिने जनाएको छ ।

जनजाति महोत्सवमा एक लाख बढी दर्शकले गरे अवलोकन

बिर्तामोडमा जारी दोस्रो ‘आदिवासी जनजाति बिर्तामोड’ महोत्सवमा एक लाख बढीले अबलोकन गरेका छन् ।नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समन्वय परिषदद्वारा आयोजना गरिएको महोत्सवको एक लाख भन्दा धेरैले अवलोकन गरेको परिषद्का उपाध्यक्ष दिपेन्द्र चौधरीले जानकारी दिए । माघ ९ गतेदेखि ३० गतेसम्म चल्ने यस महोत्सवमा लोप हुँदै गएको कला, संस्कृतिमूलक विभिन्न जातीय कला, संस्कृतिको प्रदर्शनी सहित विभिन्न जाजातिको खानपानका परिकार सम्बन्धी व्यवसायिक स्टल रहेकाले पनि अवलोकन गर्न आउने क्रम बढ्दै गएको महासंघका अध्यक्ष राजकुमार राजवंशीले बताए ।
महोत्सवमा सहभागी मध्ये बिर्तामोडका अभिषेक आचार्यले महोत्सव प्रवेश रसिद मध्ये उपहार कार्यक्रमबाट एक थान स्कूटर र अर्का एक जना अवलोकन कर्ताले एक तोला सुन उपहार जितेको थारु कल्याणकारिणी महिला कार्यसमिति झापाकी अध्यक्ष अरुणा चौधरीले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published.