दमक,२४ माघ । दमक -५ आकासे पुल र क्याम्पस मोडमा गरि दुई ठाउँमा मोवाईल पसल सञ्चालन गरिआएका श्रेष्ठ मोवाईल पसलका सञ्चालक केशव श्रेष्ठका लाखौ मूल्यका अवैध मोवाइलहरु भन्सार टोलीले बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म काँकरभिट्टा र मेची भन्सार कार्यालयको संयुक्त गस्ती टोलीले मेचीनगर नगरपालिका–६ स्थित भन्सार कार्यालयको यात्रु शाखाको उत्तर गेटमा तीनदिन अघि चेकजाँचका क्रममा बागमती प्रदेश ०१–०२६ च ९०३३ नम्बरको कारभित्र लुकाइछिपाई नेपाल भित्राउन खोजिएको ३३ थान विभिन्न मोडलका आइफोन मोबाइलहरु अनुसन्धानका लागि बरामद गरिएको भन्सार कार्यालयका सूचना अधिकारी गणपति कणेलले बताए ।
उनले श्रेष्ठको कारमा सन् २००७ देखि १२ सम्मका आईफोन मोवाईल बरामद गरिएको र ती मोवाईलको कुनै पनि खरिद बिल फेला नपरेको जानकारी दिए । बरामद गरिएको ती मोवाइलको अनुमानित मूल्य रु १७ लाख ५० हजार रहेको उनले बताए ।
सो नाकाबाट मोबाइलको तस्करी गर्ने समूहले पटकै पिच्छे गाडी फेर्दे मोबाइल नेपाल भित्रायाउदै आइरहेको सूचना सशस्त्र प्रहरीले पाएका थिए ।
सोही सूचनाको आधारमा यस पटक कार फेला परेको सशस्त्र स्रोतले जनाएको छ । बरामद गरिएको मोबाइल १७ लाख २५ हजार र कारको मूल्य २५ लाख गरी जम्मा ४२ लाख २५ हजार मूल्याङ्कन गरी दुवै सामान मेची भन्सार कार्यालय बुझाइसकेको छ । बरामद गरिएका मोवाईल र गाडी नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको भन्सार कार्यालयले जनाएको छ ।बरामद गरिएलगत्तै गस्ती टोलीले उनको दुवै पसलमा समेत छापा मारेको बताईएको छ । ती पसलबाट समेत केहि थान विल बिनाका अवैध मोवाइल बरामद गरिएको बताईएको छ ।