अन्तराष्ट्रिय तालिममा भाग लिन श्रेष्ठ जापान प्रस्थान

दमक ,२२ माघ । दमक -८ स्थित झापा मोडल अंग्रेजी स्कूल (जेम्स ) का निर्देशक सागर श्रेष्ठ अन्तराष्ट्रिय तालिममा भाग लिन सोमबार जापान गएका छन् ।जापानको एशोसिएसन् फर ओभरसिज टेक्निकल कोअपरेशन वलम सस्टिनेवल पार्टनरसिपले यहि फ्रेवुअरी ७ देखि २० गते सम्म हुने अन्तर्राष्ट्रिय तालिममा भाग लिन उनले देशकै प्रतिनिधित्व गर्ने अवसर पाएका हुन् ।

विकासोन्मुख राष्ट्रहरूमा दक्ष जनशक्ति तयार गर्ने उद्धेश्यले सञ्चालन हुने सो संस्थाबाट नेपालबाट उनी छनौट भएका थिए ।दुई हप्ता सम्म सञ्चालन हुने सो तालिममा यूरोप ,एशिया , मध्यपूर्बी एशिया, लेटिन अमेरिका र अफ्रिकाका गरि बिभिन्न ४० देशहरू मध्ये १८ जना प्रतिनिधिहरूको सहभागिता रहने जनाईएको छ ।

उनका अनुसार तालिममा विभिन्न विषयमा सैद्धान्तिक र ब्यबहारिक किसिमका कक्षाहरू सञ्चालन हुनेछन् । सैद्धान्तिक ज्ञानका अतिरिक्त ब्यबहारिक ज्ञान प्रदान गर्न कार उत्पादन गर्ने टोयोटा, कोमात्सु जस्ता विश्व प्रसिद्ध कम्पनीहरूको अवलोकन भ्रमण गराउने कार्यक्रम छ ।

जापानस्थित टोकियो विश्वविद्यालयका प्राध्यापक र क्वालिटि कन्सलटेन्टहरूबाट दिईने सो तालिम विकासोन्मुख देशहरूमा उचित स्थानमा उचित लगानी गरेर थोरै मात्रामा भए पनि देशको आर्थिक मुहारमा परिवर्तन गर्न कोशेढुंगा सावित हुनसक्ने लक्ष्य तालिमको छ ।सहभागिहरूलाई जापानी कम्पनीहरूको उन्नत व्यवस्थापन सीपहरू सिक्न समेत सघाउँ पुग्ने तालिमको उद्देश्य छ ।

Leave a Reply

Your email address will not be published.