दमक, १९ माघ । प्रदेशवाणी डटकम अनलाइन न्यूज पोर्टलका सञ्चालक समेत रहेका झापाका पूराना पत्रकार विष्णु सुब्बा पुरस्कृत भएका छन् ।नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज ) ले स्थापना गरेको स्व.डिकमान विरही सुनुवार स्मृति पत्रकारिता पुरस्कारबाट उनी पुरस्कृत भएका हुन् । फोनिज झापाले विर्तामोडमा आज आयोजना गरेको सातौ जिल्ला अधिबेशनको उद्घाटनमा सुब्बालाई पुरस्कृत गरिएको हो । अढाई दशकदेखि सुब्बा दमकमा बसेर पत्रकारितामा क्रियाशील छन् ।
सो पुरस्कारको राशि रु २५ हजार नगद तथा सम्मान पत्र रहेको छ । त्यस्तै रु ५ हजार राशीको उदीयमान पत्रकारिता पुरस्कारबाट रविकिरण बान्तवा राई र सुजन राईलाई पुरस्कृत गरिएको थियो । स्व. विरहीको स्मृतिमा फोनिजले २०६६ सालदेखि अक्षयकोष स्थापना गरि अधिबेशनका क्रममा तीन जनालाई पुरस्कृत गरिआएको छ ।