झापामा मिटरब्याजविरुद्ध ११९ वटा उजुरी

बिर्तामोड, १५ माघ । जिल्ला प्रशासन कार्यालय झापामा अनुचित लेनदेन तथा मिटरब्याजविरुद्ध ११९ वटा उजुरी दर्ता भएका छन् ।जिल्ला प्रशासन कार्यालयमा ११६ वटा, दुईवटा उजुरी जाँचबुझ आयोगबाट झापामा आएको र एउटा अन्य जिल्लाबाट आएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले जानकारी दिए ।
उनका अनुसार ४६ वटा उजुरीलाई मेलमिलापमा टुंग्याइएको छ । त्यस्तै, १६ वटा सम्बन्धित निकायमा कारबाहीका लागि लेखिपठाइएको सहायक प्रमुख जिल्ला अधिकारी नेपालले जानकारी दिए । बाँकी उजुरी कारबाहीको प्रक्रियामा रहेको उनले बताए ।
मिटरब्याजको चंगुलमा फसेपछि झापाका मिटरब्याजपीडित संगठित हुन थालेका छन् । उनीहरू मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिमा आबद्ध भएर झापामा समिति गठन भएको संघर्ष समिति केन्द्रीय सदस्य लक्ष्मी घिमिरेले बताइन् । झापामा हाल सयभन्दा बढी मिटरब्याजपीडित संघर्ष समितिको सम्पर्कमा आएको उनको भनाइ छ ।

 

Leave a Reply

Your email address will not be published.