नेरेसो कमल उपशाखाका निर्वाचित समितिलाई प्रमाणपत्र प्रदान

दमक,१२ माघ । नेपाल रेडक्रस सोसाईटी कमल उपशाखाका नवनिर्वाचित कार्यसमितिलाई शनिवार निर्वाचित प्रमाणपत्र प्रदान गरि सपथग्रहण गराईएको छ ।नरेसो कमल उपशाखाको निर्वाचन सम्पन्न गर्न गठित समितिले उपशाखा कार्यालयमा एक कार्यक्रम गरि निर्वाचित प्रमाणपत्र प्रदान गर्नुका साथै रेडक्रस विधान अनुसार पद तथा गोपियनिताको सपथग्रहण गराएका हुन् ।
गत पुस २९ गते सम्पन्न निर्वाचनबाट सभापतिमा चन्द्र साहसहितका पदाधिकारी र सदस्यहरु चयन गरिएको थियो । सभापतिसहित कोषाध्यक्ष, उपसचिव, उपकोषाध्यक्ष र महिला सदस्यमा निर्विरोध भएपनि उपसभापतिसहित सचिव र चार सदस्य पदमा भने निर्वाचन भएको थियो । निर्वाचित समितिलाई कार्यक्रमका प्रमुख अतिथि कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, रेडक्रस झापाका सभापति लोकराज ढकाल ,कोषाध्यक्ष ओमप्रकाश गौतम लगायतले निर्वाचित समितिलाई बधाई शुभकामनासहित रेडक्रस अभियानमा सक्रिय भएर जुट्न आग्रह गरेका थिए ।
सो कार्यक्रमका अवसरमा रेडक्रस जिल्ला सभापति ढकालले रेडक्रसको इतिहास, नेपालमा रेडक्रसदेखि झापा रेडक्रसको हिजो र आजसम्मको अवस्थाका बारेमा प्रकाश पारेका थिए भने मन्त्री चन्द्रप्रसाद चुडालले उपशाखाले गर्नुपर्ने नियम,बैठकका एजेण्डाका विषयमा संक्षिप्त जानकारी दिएका रेडक्रस झापाका उपमन्त्रीसमेत रहेका गठित निर्वाचन अधिकारी प्रकाशचन्द्र खरेलले बताए । कार्यक्रममा उपशाखाका नवनिर्वाचित सभापति साहले प्रतिवद्धता मन्तव्य राखेका थिए ।

 

Leave a Reply

Your email address will not be published.