दमक,१२ माघ । इलाका प्रहरी कार्यालय दमकका प्रमुख तथा प्रहरी नायव उपरीक्षक (डिएसपी ) निशान थापा प्रहरी उपरीक्षकमा बढुवा भएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयको बढुवा समितिले उनीसहित ३७ जना डिएसपीको एकैसाथ बढुवाका लागि सिफारिस गरेको हो । गत वर्षको चैत ७ मा नेपाल प्रहरीका १४१ जना डीएसपीको सरुवा हुँदा सरुवा भएर थापाले इलाका प्रहरी कार्यालय दमकको कमाण्ड सम्हालेका थिए ।
बढुवा समितिको बैठकले सिफारिस सूचिको पहिलो नम्बरमा डीएसपी कुलदीप चन्द रहेका छन् । त्यसैगरि, सुमित खड्का, ठाकुरप्रसाद पोखरेल, मनोहरप्रसाद भट्ट, दिपक गिरी, नवीनकृष्ण भण्डारी, तिलक भारती, केशवकुमार थेवे, सुर्य खड्का, दिपक श्रेष्ठ, प्रेमबहादुर शाही, टेकबहादुर कार्की क्षेत्री, फणीन्द्र प्रसाईँ र शरतकुमार थापा क्षेत्री रहेका छन् ।
त्यस्तै बढुवा सिफारिस हुनेमा युवराज खड्का, राजन चापागाईँ, किशोरकुमार श्रेष्ठ, मुकुन्दप्रसाद रिजाल, पवनकुमार भट्टराई, रवीन्द्रनाथ पौडेल, दान बहादुर थापा, सुदिपराज पाठक, कवित कटवाल, रामेश्वर पौडेल, रुकेश तन्डुकार, दधिराम न्यौपाने र नवीन कार्की छन् ।
सिफारिस हुने अन्य अधिकृतहरूमा श्याम कुमार सारुमगर, नरेन्द्र कुँवर, नारायणप्रसाद अधिकारी, भेषराज रिजाल, निर्मल बुढाथोकी, नवराज मल्ल, डिल्लीनारायण श्रेष्ठ, लालध्वज सुवेदी र रुगम बहादुर कुँवर छन् ।