साहित्य कला सङ्गमको ५८ औँ मासिक शृङ्खला

दमक, ४ माघ । यहाँस्थित साहित्य कला सङ्गमले शुक्रवार आफ्नो ५८ औँ मासिक शृङ्खला सम्पन्न गरेको छ ।संस्थाका अध्यक्ष बिन्दु दाहाल मूकदर्शकको अध्यक्षता एवम् सिक्किमका श्रष्टा राजनचन्द्र शिवाकोटीको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम गरि नियमि मासिक शृङ्खला भव्य रुपले मनाएको हो ।

साहित्यकला सङ्गमका सल्लाहकार तथा दमक प्रज्ञा प्रतिष्ठानका पूर्व अध्यक्ष हेमनाथ अधिकारी , सङ्गमका पूर्व अध्यक्ष तथा सल्लाहकार विष्णु न्यौपाने , प्रतिभा निकेतनका वर्तमान अध्यक्ष कमलराज भट्टराई , संस्थापक अध्यक्ष खेमलाल पोख्रेल , डिपीएलका पूर्व अध्यक्ष दधिराम ढकाल , डिपीएलका कमलका पूर्व अध्यक्ष राजन चापागाईं , साहित्यकार नारायण शर्मा फुयाल , पदम ओली , देवु चापागाईं , लीलान्श भण्डारीले आ आफना रचना पाठ गरेका थिए ।

त्यसैगरि, सङ्गमका उपाध्यक्ष त्रय यादव अधिकारी झाँक्रीखोले , दुर्गा काफ्ले , चन्द्रा गड्तौला ,महासचिव ओमप्रसाद खनाल ,सचिब बीरेन्द्र खड्का , सह सचिव मेघबन्धु खनाल , कोषाध्यक्ष नेत्र अधिकारी , सदस्य विवेक दुलाल क्षेत्री , रामकुमार उपाध्याय , ज्ञाननाथ निरौला ,साहित्यकार जीवनहरि शर्मा , गोपाल प्र दहाल , ज्ञानेन्द्र खड्का , किशोर खनाल , अम्बिका सापकोटा , उमा सुवेदी , यादव नेपाल , डिजायर नेपाल , ड्युसफ्ट नेपाल , त्रिलोचन रेग्मी , शान्त भट्टराई , खड्गबहादुर खड्का ,भक्ता दाहाल , नेत्र दाहाल , शिभानी चापागाई , प्रीति चापागाईंले कविता वाचन गरेका थिए । साहित्य कला संगमले मासिक रुपमा स्थानीय श्रष्टाहरुसंगको आत्मीयतालाई थप प्रगाढ बनाउन नियिमित रुपमा सिर्जनशील साहित्यीक रचना वाचन कार्यक्रम गरिआएको महासचिव ओमप्रसाद खनालले बताए ।

Leave a Reply

Your email address will not be published.