चन्द्रदर्शन शाकोसको १४ औं बार्षिक साधारणसभा सम्पन्न

पाडाजुंगी,२६ पुस । झापाको कमल गाउँपालिका वडा न. ५ पाडाजुँगीमा मुख्य कार्यालयमा रहेको चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाले शुक्रवार आफनो १४ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले आफ्नै सभाकक्षमा औपचारिक कार्यक्रम गरेर बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
सभामा संस्थाका अध्यक्ष शेरबहादुर श्रेष्ठले सञ्चालक समितिका तर्फबाट बार्षिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक प्रेम दुलालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । ति दुवै प्रतिवेदन सुझावसहित पारित गरिएको संस्थाका व्यवस्थापक भुपाल बस्नेतले जानकारी दिए ।
साधारण सभाको उदघाटन गर्दै जिल्ला सहकारी संघका सञ्चालक सदस्य विनोद ढकालले बिषम परिस्थितिका बाबजुद सहकारी संस्थाहरुले आफ्नो गतिबिधिलाई सक्रिय बनाइरहेको बताए । उनले सहकारी मूल्य मान्यता भित्र रहेर संस्था सञ्चालन गर्न सञ्चालक, कर्मचारीहरु बढी जिम्मेवार हुनुपर्ने उल्लेख गरे ।
संस्थालाई अफठ्यारो परेको अवस्थामा संस्थाका शेयर सदस्यहरु एकताबद्ध भएर त्यसको सामना गर्नुपर्ने उनको सुझाव थियो ।
सभामा संस्थाका अध्यक्ष श्रेष्ठले देशमा आर्थिक चलायमान हुन नसक्दा र विगतमा संस्थाको सञ्चालक समिति निस्क्रिय रहेको अवस्थामा कतिपय कर्मचारीहरुबाट भए गरेको त्रुटीलाई सच्याउँदै अहिले संस्थाको कारोबारलाई नियमित गरिएको जानकारी गराएका थिए ।
संस्थाकी कोषाध्यक्ष देवीका भण्डारीले स्वागत मन्तव्य राखेको सो साधारण सभाको सञ्चालन सचिव सञ्जय कुमालले गरेका थिए ।
सो संस्थाले गत आर्थिक बर्ष २०८०- ०८१ सम्ममा कूल शेयर पुँजी २ करोड ८४ लाख रुपैयाँ पुगेको र चालू आर्थिक बर्षमा ३ करोड ३० लाख पुरयाउने लक्ष्य लिएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै संस्थाले बचत रकम १६ करोड पुरयाउने लक्ष्य लिएको जनाइएको छ । मुख्य कार्यालयसहित जिल्लाको गौरादह र केर्खा सेवा केन्द्रमार्फत शेयर सदस्यहरु केन्द्रीत वित्तित कारोवार गरिआएको छ ।
संस्थाले गत पुष २४ गतेदेखि सेवा केन्द्रहरुमार्फत बार्षिक प्रतिवेदन उपलब्ध गराएर आज माइन्यूट प्रमाणिकरण तथा निर्णय एकीकृत गर्दै साधारणसभा सम्पन्न गरेको संस्थाका उपाध्यक्ष प्रेम कार्कीले जानकारी दिए ।
सभामा सहकारी समन्वय समितिका अध्यक्ष प्रमोद दाहाल, नारी शसक्तीकरण शाकोसकी अध्यक्ष नरमाया तामाङ,बस्तीविकास शाकोसका अध्यक्ष भुपेन्द्र लावती,आभाष शाकोसका अध्यक्ष विनोद पाण्डे,यूनाईटेड शाकोसका अध्यक्ष ललित वान्तवा लगायतका सहकारी अगुवा,शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.