दमक,२६ पुस । झापाको कमल गाउँपालिका ५ पाडाजुंगीस्थित मंगलमय माविको ५३ औं बार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा शुक्रवार आयोजत रक्तदानमा ३७ पिन्ट रगत संकलन भएको छ ।
विद्यालयमा गठित जुनियर तथा युवा रेडक्रस सर्कलको आयोजना र नेपाल रेडक्रस सोसाईटी कमल उपशाखाको प्रायोजनमा विद्यालयमा भएको रक्तदानमा विद्यालयका प्रअ मोहन बगाले, शिक्षक नायक सरोज श्रेष्ठ, मंगलमय टोलका अध्यक्ष गणेश प्रधान ,शिक्षक अभिभावक संघका सदस्य अमित थापा,टोपप्रसाद बाँस्कोटा, साजन शिवाकोटी,मनोज आचार्य,दिपा भटटराई,यज्ञ कटुवाल,सुभम चापागाई,प्रेमबहादुर कार्कीलगायतले रगतदान गरेका छन् । श्रेष्ठको ३८ औ र प्रधानको ३५ औ पटक हो ।
विद्यालयले आफनो स्थापना दिवसमा बर्षेनी स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम गरिआएको छ । विद्यालयले भोलि शनिवार आफनो ५३ औं बार्षिक स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाउदै छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराज सापकोटाको प्रमुख आतिथ्यतामा भएको रक्तदानमा रेडक्रस कमल उपशाखाका सभापति चन्द्र साह,रेडक्रस दमक उपशाखा रक्तसञ्चार सेवा केन्द्रका प्रर्वदक सिद्धार्थ दाहाल लगायतको उपस्थिति रहेको थियो ।