दमक,२५ पुस । हुलुका सवारी चालकहरुको दमकमा क्रियाशील पेशागत अग्रडी संगठन नेपाल यातायात मजदुर संघ हलुका सवारी ईकाई समिति दमकको नयाँ नेतृत्व चयन भएको छ ।
ईलामको चुलाचुलीस्थित पर्यटकीयस्थल चपेटीमा विहिबार संघको नवौ चुनावी बार्षिक साधारणसभाको निर्वाचन कार्यक्रमबाट खड्ग पाण्डेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
निर्वाचित समितिको उपाध्यक्षमा भिम पौड्याल,सचिवमा डिल्ली प्रसाद अधिकारी ,सहसचिवमा हरि दाहाल र कोषाध्यक्षमा प्रकाश धिमाल चुनिएका छन् । यसैगरि सदस्यहरुमा चन्द्रकान्त पौड्याल,केशव कोईराला,अर्जुन कालाखेती,केशव राउत,रमेश धिमाल,मोहन पौड्याल,शिव दंगाल,रमेश श्रेष्ठ सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक बिश्वास कश्यपले जानकारी दिए ।
नेपाली कांग्रेस क्षेत्र न. ५ का सभापति ढुण्डीराज भण्डारीको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा नेपाल ट्रेड युनियन झापाका अध्यक्ष यज्ञ प्रताप अधिकारी,दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईं,कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाईं, नेपाल यातायात मजदुर संघ केन्द्रीय सचिव विश्वासकुमार कश्यप लगायतको उपस्थिति रहेको थियो ।
यसैगरि नेपाल यातायात मजदुर संघका केन्द्रीय सदस्य डार्विन संग्रौंला,संघका कोशी प्रदेश अध्यक्ष विष्णु खत्री,उपाध्यक्ष गान्धी भण्डारी,सदस्य गौतमकुमार लामा, जिल्ला अध्यक्ष यादव ओली,उपाध्यक्ष बालकृष्ण श्रेष्ठ,समाजसेवी बसन्त लामा लगायत हलुका सवारी मजदुरहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।
साधारणसभामा संघका अध्यक्ष दिनेश भट्टराईले सांगठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सोहि अवसरमा संघलाई विभिन्न क्षेत्रमा योगदान पुरयाँउने १४ जना मजदुरहरुलाई सम्मान गरिएको थियो ।
सभामा प्रमुख अतिथि भण्डारीसहित अतिथिहरु प्रकाश प्रसाई, रेगिना भट्टराई प्रसाईं,ढुण्डीराज भण्डारी,यादव ओली लगायतले मजदुरको पेशागत हकहितमा एकतावद्ध जुट्न सकेमात्र संगठनको लक्ष्य प्राप्त हुने भएकाले त्यसतर्फ मजदुरहरुको ध्यान जानु पर्ने उल्लेख गरे ।
निर्वाचन सम्पन्न गर्न मजदुर नेता कास्यपको संयोजकत्वमा गान्धी भण्डारी,डार्विन संग्रौला,गौतम लामा रहेको पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।