निर्माण व्यवसायी संघ झापाको अध्यक्षमा अधिकारी निर्वाचित

दमक ,२३ पुस । निर्माण व्यवसायी संघ झापा जिल्ला कार्यसमितिको अध्यक्षमा दमकका व्यवसायी रमेश अधिकारी निर्वाचित भएका छन् ।संघको १६ औं अधिवेशन अन्तर्गत आज विर्तामोडमा सम्पन्न निर्वाचनबाट मैनाचुली निर्माण सेवाका सञ्चालक दमक ५ निवासी अधिकारीले १६३ मत ल्याएर अध्यक्षमा निर्वाचित भए ।
अधिकारी दमक जेसीजका पूर्व अध्यक्ष तथा दमक उद्योग वाणिज्य संघका पूर्व कार्यसमिति सदस्य तथा संघका सल्लाहकार पनि हुन् । अधिकारीसँग अध्यक्ष पदका लागि चुनावी प्रतिस्पर्धामा रहेका प्रकाशकुमार सिंहले १४२ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ ।
अधिकारीलाई जिताउन दमक उद्योग वाणिज्य संघले निर्माण व्यवसायी संघको अध्यक्षका लागि साझा उम्मेदवारका रुपमा प्रस्तुत गर्दै उम्मेदवार प्रमोशन कार्यक्रम समेत गरेको थियो ।
त्यसैगरी १०४ मत ल्याइ सहकोषाध्यक्षमा सुरेन्द्र धिमाल निर्वाचित भएका छन् । सहकोषाध्यक्षमा उनका निकटतम् प्रतिष्पर्धीहरु एंगल गुरुङले ९९ र सुरेश भट्टराईले ९८ मत प्राप्त गरेका छन् ।
त्यस्तै सदस्यहरुमा प्रवीण कट्वाल २४६ , मनोज उप्रेती २२४ , इन्जिनियर विवेक जवेगू २२५ , गंगाप्रसाद गौतम २२४ , दिनेश मैनाली २२२ , ज्ञानबहादुर तामाङ २०० , इन्जिनियर डालिम खड्का १९९ , आशिष बान्तवा १९५ , उद्धव कुँवर १९३ र भरत भट्टराई १९१ मत ल्याई निर्वाचित भएका छन् ।
१० जना सदस्यका लागि १५ जनाले उम्मेद्वारी दिएका थिए । अध्यक्ष , सहकोषाध्यक्ष र सदस्यबाहेक बाँकी पदहरुमा यसअघि नै सर्वसम्मत भइसकेको थियो ।
संघको प्रथम उपाध्यक्षमा केदार गिरी , द्वितीय उपाध्यक्षमा राजकुमार राई , तृतीय उपाध्यक्षमा नयन बराल , महासचिवमा पुष्पराज निरौला , सचिवमा लोकेन्द्र श्रेष्ठ , कोषाध्यक्षमा यज्ञनिधि भुर्तेल र महिला सदस्यमा कमला थाम्सुहाङ निर्विरोध भएका थिए ।
निर्माण व्यवसायी संघ झापामा ३७४ जना सदस्य रहेकोमा ३०५ जनाले मतदानमा भाग लिएको निर्वाचन समितिका संयोजक गोपाल थापाले बताए । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म निर्माण व्यवसायी संघको सभाहलमा मतदान भएको थियो ।

Leave a Reply

Your email address will not be published.