दमकमा रोजगार मेला ,४ सयले गरे अवलोकन

दमक,२० पुस । अघिल्ला वर्षझै यसवर्ष पनि शनिवार दमकमा रोजगार लक्षित एक दिने रोजगार मेला सम्पन्न भएको छ । दमक टेक्निकल एजुकेशन फाउण्डेशन तथा श्रीयन्त्र कलेजले दमक नगरपालिका र दमक उद्योग वाणिज्य संघको सहकार्यमा एक दिने रोजगार मेला सम्पन्न भएको हो । “ उन्नत प्रविधि सक्षम व्यवस्थापन, उज्यालो भविष्य हाम्रो अभियान” भन्ने नाराका साथ दमक ९ स्थित एजुकेशन फाउण्डेशनको प्राङ्गणमा मेला आयोजना गरिएको हो ।
फाउण्डेशनका अध्यक्ष महेन्द्रप्रसाद घिमिरेको अध्यक्षतामा तथा दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा भएको रोजगार मेलामा १६ वटा रोजगार प्रदायक संस्थाहरुबाट ४१ जना कामदार माग गरिएको थियो भने करिब चार सय जनाले मेलाको अवलोकन गरेका थिए ।कार्यक्रममा १७ संस्थाका लागि जम्मा ३९ जना जनशक्ति आवश्यक रहेको जानकारी गराएपछि त्यहाँ रोजगारी प्राप्त गर्न युवापुस्ताले आवेदन दिएका थिए । रोजगारदाताका रुपमा नेक्स्ट इरा एनर्जी प्रालि, फस्ट लिंक, हिमशिखर टेलिभिजन, पाथीभरा एफएम, होटल स्वर्गलोक, होटल नेपाली रिक्का, थ्रि इन होटल, कामाक्ष होटल, क्रिस्टल सोलुसन बिर्तामोडका प्रतिनिधिले सहभागिता जनाएका थिए ।
मेलाको उद्घाटन गर्दे नगर प्रमुख थापाले यस्ता कार्यक्रमले रोजगार प्रदान गर्ने रोजगार प्रदायक संस्था र रोजगारीको खोजीमा रहेको व्याक्तिहरुलाई एकै ठाउँ भेला गराई स्वदेशमै स्वरोजगार बनाउने हेतुले शुरु गरिएको यस किसिमको माध्यम उपयोगी हुने भएको बताए ।
कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाँई, श्रीयन्त्र कलेजका सल्लाहकार गोपालप्रसाद काफ्ले, होलसेल व्यवसायी संघका सचिव रमेश खतिवडा, थ्रीईन होटलका मेजेनिङ्ग डाईरेक्टर भवानी आङदेम्बे लगायतले रोजगार मेलाको बारेका बोलेका थिए ।

Leave a Reply

Your email address will not be published.