जङगे किल्ला इन्फिल्डरले दियो विद्यार्थीलाई सहयोगी सामाग्री

दमक,२० पुस । जङगे किल्ला इन्फिल्डर नामक संस्थाले शुक्रवार इलामको चुलाचुली- २ बाह्कोठेस्थित जनता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई जाडोका लागि न्यानो कपडासहित शैक्षिक तथा खेलकुदका सामाग्रीहरु वितरण गरेको छ ।
सामाजिक सेवा कार्यक्रम अन्तर्गत सो संस्थाको टोली विद्यालयमा पुगेर १३० जना विद्यार्थीहरूलाई न्यानो कपडासहित खेलकुद तथा शैक्षिक सामाग्रीहरु वितरण गरिएको हो । संस्थाले वितरण गरेको ती सहयोगी सामाग्रीहरु करिव १ लाख पचहत्तर हजार मूल्यको रहेको छ ।
चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङको प्रमुख आतिथ्यता तथा चुलाचुली -२ का वडाअध्यक्ष लक्ष्मण श्रेष्ठको विशिष्ट आतिथ्यतामा भएको सो कार्यक्रममा आयोजक संस्थाका सदस्यहरुको उपस्थितिमा सहयोगी सामाग्रीहरु वितरण गरिएको संस्थाकी सदस्य यमुना श्रेष्ठ लावतीले बताईन् ।सो कार्यक्रममा संस्थाका सदस्य समेत रहेका झापा मोडल अंग्रेजी माविका प्रिन्सीपल सागर श्रेष्ठसहितका सदस्यहरुको उल्लेखीय उपस्थिति रहेको थियो । सन् २०१९ मा स्थापना गरिएको सो संस्था इन्फिल्डर कुदाउने ४० जना संलग्न छन् ।
संस्थाले यसअघि दमक -८ को जनता आधारभूत विद्यालयका विद्यार्थीलाई झोला, इलामको चुलाचुलीस्थित बाँझो माविका गरिव तथा विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरिएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published.