झापा,२० पुस । देशभरका महिला जनप्रतिनिधिहरुको ‘शी लिड्स आइकन’ प्रतियोगीतामा सहभागिबाट उत्कृष्ट तीन जना छानिएकी छन् ।उत्कृष्ट तीनमा रहेर आइकन घोषित हुनेहरुमा गौमुल गाउँपालिका बाजुराकी उपाध्यक्ष सीता थापा, सिगास गाउँपालिका बैतडीकी उपाध्यक्ष धाना धामी र बडिगाड गाउँपालिका, बागलुङकी अध्यक्ष गण्डकी थापा अधिकारी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई सम्मान एवं प्रशंसापत्र प्रदान गरेका छन् । देशभरका १२८ जना महिला जनप्रतिनिधिहरुबाट निर्णायक मण्डलले छानेर २७ जना सर्ट लिस्टमा परेका थिए । ती मध्ये तीन जना उत्कृष्ट बनेका हुन् ।टप २७ मा झापाबाट दमक नगरपालिकाकी उपप्रमुख रेगिना भटटराई,कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी प्रतिष्पर्धी थिइन् ।
आइकन घोषित हुने उपाध्यक्षद्धय थापा र धामी नेकपा एमाले र अधिकारी नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।